रुसमा ट्र्याक्टर दौड राष्ट्रिय खेलको रुपमा विकसित हुँदै (भिडियो सहित)

दक्षिण रुसको रोस्तोभ – ओन – डोन क्षेत्रमा वर्षेनी गर्मि यामको समयमा रमाइलोको लागि आयोजना गरिँदै आएको एक घटना ‘ट्र्याक्टर दौड’ले बिस्तारै देशबव्यापी प्रतिष्पर्धात्मक खेलको रुप लिंदै गैरहेको रसिया टुडे ले जनाएको छ ।

आयोजक ‘द बिसन ट्रयाक सो’ ले रुसी सडकहरु ट्रयाक्टरको लागि सुविधायुक्त रहेको तथ्यमाथि जोड दिएको छ ।  हरेक देशमा एउटा खेलले राष्ट्रिय खेलको मान्यता पाएको हुन्छ, जसले त्यहाँको समाजको बिशेषता दर्शाउँछ भन्दै आयोजकले अमेरिकामा अमेरिकन फुटबल, इङ्ग्ल्याण्डमा क्रिकेट, स्पेनमा साँढे जुधाई र युएइमा उँट दौडको उदाहरण पेश गरेका थिए ।

‘द बिसन ट्रयाक सो’ रुसी धैर्यताको अनुपम उदाहरण र गतिमान दौड चाँही अदम्य दुस्साहसको उदाहरण भएको र देश भित्रका लामा सडकहरुको अवस्था पनि यस प्रतियोगिताको लागि उपयुक्त रहेको समाचारमा जनाइएको छ ।

यो प्रतियोगिता सन् २००२ देखि शुरु भएको जनाउदै आयोजकले यसले एक रमाइलो मेलाबाट राष्ट्रिय खेल कै रुप लिँदै  गैरहेको छ, भनेका छन् । यो खेलका आफ्नै नियम र परम्परा रहेको बताइएको छ ।

२० भन्दा बढी ट्रयाक्टर ड्राइभरहरुले यसमा भाग लिने र जुन २ तारिखमा रोस्तोभ -ओन – डोनमा यो दौड हुने समाचारमा उल्लेख छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top