प्रधानमन्त्रीले तामझामका साथ उद्घाटन गरेका बिजुली बस

‘वैशाखदेखि चल्छ भन्ने त थाहा भएन तर, बिजुली बस चल्नुपर्छ भन्ने आफ्नाे धारणा रहेकाे साझा यातायात सञ्चालन समितिका कार्यकारी निर्देशक भूषण तुलाधरले बताए। ‘नेपालमा आएका बस कसरी मापदण्डविपरीत भए।’ उनले भने, ‘सरकारले किन चलाउन मानेन यो गम्भीर विषय हाे, कुनैपनि कम्पनीले निर्माण गर्दा मापदण्डविपरीत बनाउँदैन।’ बिजुली बसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ब्याट्री हो।
ब्याट्रीमा कुनै पनि खराब छैन र यसलाई सधैँ चार्ज गरेर चलाउनुपर्छ यसले कुनै पनि असर नपार्ने उनको दाबी छ। एकपटक चार्ज गरेपछि २०० किलाेमिटर उक्त बस चल्नेछ। बसमा पुराना सामानको प्रयोग गरिएको भन्ने सबै हल्ला मात्र रहेको तुलाधरकाे भनाइ छ। साझा यातायातको प्रा‌ंगणमा बिजुली बस चार्ज गर्ने पावर पोइन्ट पनि खडा गरिसकेको उनले जानकारी दिए।
साझा बस र लुम्बिनी विकास कोष चमा काठमाडौंमा सञ्चालन गर्ने सहमति भएको तुलाधरले दाबी छ। एसीयाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो। तर, लुम्बिनीमा बिजुली बस सञ्चालनको लागि पूर्वाधार तयार नभएसम्म साझा यातायातले काठमाडौंमै चलाउने गरी निर्णय भएको थियो।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top