गुल्मीका विभिन्न भागमा हिमपात (फिचर) ।

काठमाडौं । गुल्मीका विभिन्न भागमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । शुक्रवार दिउँसोदेखि परेको वर्षासँगै जिल्लाका उच्च भूभागमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो।

 

जिल्लाको सदरमुकाम नजिकै रहको रेसुङ्गाडाडाँसगै मदाने,मालिका, सत्यवती, भार्से, टिमुरेदह, ग्वाघा लगायतका जिल्लाको उच्च भुभागमा हिमपात भएको स्थानीयबासीले बताएका छन्।

मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीका अनुसार शुक्रवार दिउसोदेखि वर्षा भएपछि शनिवार बिहानै हिमपात भएको भएको हो।

 

लामो समयको खडेरीपछि वर्षा र हिमपात भएपछि किसान भने खुसी भएका छन्। खडेरीले हिउँदेबाली सुक्नै लागेका बेला भएको वर्षाले बालीनालीलाई फाइदा पुगेको एक स्थानिय कृषिले बताए।

 

 

सिँचाइको सुविधा नभएका अधिकांश ठाउँमा बाली सुक्न लागेको बेला परेको वर्षा र हिमपातले हिउँदेबाली, तरकारीबाली र फलफूललाई धेरै फाइदा पुग्ने उनको बुझाई छ।

 

 

 

 

 

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top