कोरोना संक्रमित म्याग्दीका एक पुरुषको पोखरामा मृत्यु

काठमाडौँ। पोखरामा उपचारत म्याग्दीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत म्याग्दीको धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको मङ्गलवार राति ८ः२५ बजे मृत्यु भएको हो । गत असोज २९ गते कोरोना सङ्क्रमण भएपछि केन्द्रको…

View More कोरोना संक्रमित म्याग्दीका एक पुरुषको पोखरामा मृत्यु

भारतमा अलपत्र १८ नेपाली बालकको उद्धार

काठमाडौँ। भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन् । वैदेशिक रोजगारीका लागि भन्दै भारत…

View More भारतमा अलपत्र १८ नेपाली बालकको उद्धार

नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ। नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा…

View More नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

संरक्षणको पर्खाइमा ऐतिहासिक पञ्चधारा

काठमाडौँ। बागलुङको गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी गाउँमा अवस्थित सामरिक तथा ऐतिहासिक महत्वका पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा रहेका छन् । हिन्दूको सबैभन्दा ठूलो ग्रन्थमध्ये एक महाभारतमा रहेका कुन्ती र माद्रीका छोरा पाण्डवसँग जोडिएको पञ्चधारा संरक्षण नगरिँदा अहिले अस्तित्वविहीन बन्दै गएका हुन् । पाँच पाण्डवले १२ वर्ष वनवासका क्रममा यहाँ आएर…

View More संरक्षणको पर्खाइमा ऐतिहासिक पञ्चधारा

नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको समय आयो : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको भर्चुअल रुपमा मंगलबार आयोजित पहिलो बैठकको सफलताको कामना गर्दै…

View More नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको समय आयो : प्रधानमन्त्री ओली
Top