स्वार्थको द्वन्द्वमा संसद

काठमाडौँ। केपी शर्मा ओलीद्वारा विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनस्र्थापना भएपछि सुरु भएको अधिवेशन औचित्यहीन बन्न पुग्नुमा स्वार्थको द्वन्द्व नै प्रमुख कारण भएको देखिएको छ। प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउन सरकारको भूमिका महत्वपूर्ण हुन्छ। तर प्रधानमन्त्री ओली पुनस्र्थापित प्रतिनिधिसभाको औचित्य नभएको देखाउन बिजेनसविहीन बनाउन चाहन्छन्। उनी प्रतिनिधिसभामा विवादित विधेयक ल्याएर बैठक चल्न…

View More स्वार्थको द्वन्द्वमा संसद

विवादितलाई नै महत्वपूर्ण समितिको जिम्मेवारी

काठमाडौँ। एमालेले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका संघीय संसद्का विषयगत समिति सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदको नाम सिफारिस गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका गोकुल बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजनिक लेखा समितिमा सिफारिस गरिएको छ । ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट राजेन्द्र गौतमलाई पनि लेखा…

View More विवादितलाई नै महत्वपूर्ण समितिको जिम्मेवारी

विमानस्थलको जग्गामा यतीको आँखा

काठमाडौँ। सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा होटल खोल्न भाडामा दिने तयारी गरिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरुयोजना बनाएर उक्त जग्गा होटल बनाउन यती समूहलाई दिने तयारी गरेको हो। पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यतीलाई जग्गा दिने गरी…

View More विमानस्थलको जग्गामा यतीको आँखा

ओली स्वार्थकी सहयोगी

काठमाडौँ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै उल्टाइदिएपछि प्रधानमन्त्री ओली मात्रै होइन, राष्ट्रपति भण्डारीका कामसमेत विवादित बनेका छन् । सत्तारूढ दल नेकपाभित्रको विवादको सामना नगरी प्रधानमन्त्री ओलीले ‘व्यक्तिगत झोक’ का आधारमा संविधानले दिँदै नदिएको अधिकार प्रयोग गर्दै पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमाथि केहीबेर पनि सोचविचार नगरिकन…

View More ओली स्वार्थकी सहयोगी

प्रधानमन्त्री कार्यालय सिंगार्न ४८ करोड खर्च

काठमाडौँ। सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ। त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र आवश्यक उपकरण जडानमा ४८ करोड रूपैयाँ खर्च गरेको हो। यो मूल्य अभिवृद्धि कर (भ्याट) बाहेकको…

View More प्रधानमन्त्री कार्यालय सिंगार्न ४८ करोड खर्च