एउटा लाइसेन्स नवीकरण गर्न पाँच घण्टा

टेनिस रोका काठमाडौं । सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’ नवीकरण गर्न कति समय लाग्ला ? २० मिनेट, आधा घण्टा वा एक घण्टा । यस्तै सोचिरहनुभएको छ भने तपाईं गलत हुनुहुन्छ । एउटा लाइसेन्स नवीकरण गर्न पाँच घण्टा कुर्नुपर्ने बाध्यता छ । रामेछापका श्रीकृष्ण सुवेदी काठमाडौंमा सानोतिनो व्यवसाय गरेर बस्छन् । उनले लाइसेन्स…

View More एउटा लाइसेन्स नवीकरण गर्न पाँच घण्टा

संवैधानिक निकायमा मनमौजी नियुक्ति

काठमाडौँ । राज्यका अंगहरूबीचको शक्ति सन्तुलन र स्वेच्छाचारितामा समेत निगरानीका लागि खडा गरिएका संवैधानिक आयोगहरू संविधानको मर्मविपरीत नियुक्ति भएका पदाधिकारीले भरिभराउ भएका छन् । कार्यकारीको स्वेच्छाचारितामा अध्यादेश ल्याएर संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी संवैधानिक निकायमा पाँच महिनायता मात्रै ५२ जनालाई नियुक्ति गरिएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएलगत्तै सिफारिस गरिएकामध्ये ३२ जनालाई…

View More संवैधानिक निकायमा मनमौजी नियुक्ति

महन्थले बोलाएको बैठक आठ नेताले गरे बहिष्कार

काठमाडौँ । सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले बिहीबार बोलाएको बैठकमा उपस्थित सदस्य हेर्दा पनि थाहा हुन्छ । सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले विघटित जसपाको संसदीय दलको बैठक बोलाएको थिए । बैठकमा ठाकुरले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएका थिए । तर, बैठकमा आधाजसो निवर्तमान सांसद…

View More महन्थले बोलाएको बैठक आठ नेताले गरे बहिष्कार

सुनुवाइबिनै फेरि संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्त हुँदै

काठमाडौँ । संवैधानिक निकायका पदाधिकारी र राजदूतमा गत वैशाख अन्तिम साता सिफारिस गरिएका ३२ जनाले संसदीय सुनुवाइबिनै नियुक्ति पाउने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटन भएको र सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ नभइसकेकाले उनीहरूले स्वतः नियुक्ति पाउने परिस्थिति बनेको हो । विज्ञहरूले भने यसले संवैधानिक प्रावधान छल्ने र स्वेच्छाचारी नियुक्ति बढ्ने स्थिति…

View More सुनुवाइबिनै फेरि संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्त हुँदै

जसपामा ओलीविरोधी लाइन बहुमतमा

काठमाडौँ। जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन् । महतो र यादवको…

View More जसपामा ओलीविरोधी लाइन बहुमतमा