विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याईने, सबैले फोटो खिच्न पाउने

काठमाडौं,१० भदौ । विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याईने भएको छ । आगामी वर्ष इंल्याण्ड र वेल्समा हुने आईसिसी विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याउन लागिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसिसी० ले विश्व भ्रमणको दौरान आगामी अक्टोबर अन्तिम साता विश्वकप ट्रफी नेपाल आइपुग्ने जनाएको छ । आईसिसीले एक विज्ञप्ती जारी गर्दै विश्वकप ट्रफी आगामी २७ अक्टोबरमा काठमाडौं दरबार स्वायर क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म राखिनेछ । उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्विर खिचाउन पाउनेछन्।

यही सोमबारबाट आइसीसीको दुबर्इस्थित हेडक्वार्टरबाट ट्रफीको विश्व भ्रमण सुरू गर्नेछ। पाँच महादेशका विभिन्न २१ देशका ६० शहरमा ट्रफी घुमाइने आइसिसिले जनाएको छ।

समर्थकहरुलार्इ क्रिकेटसँग जोड्न अझै सहयोग पुर्‍याउने भन्दै आइसिसिले पहिलो पटक ुनिशानु को सहायतामा विश्वका यतिधेरै स्थानमा ट्रफी घुमाउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published.