अमेरिकी राष्ट्रपतिका उम्मेदवार जोन म्याक्केनको मृत्यु

सन् २००८ मा अमेरिकी राष्ट्रपतिको लागि उम्मेदवार दिएका जोन म्याक्केनको मृत्यु भएको छ । एकासी बर्षको उमेरमा ब्रेन क्यान्सरको कारणले उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्  । 

उनी रिपब्लिकन पार्टीका सिनेटर रहेका थिए । अमेरिकी समय अनुसार बिहान ४ बजेर २८ मिनेट जाँदा उनको मृत्यु भएको थियो ।

सन् २००८मा भएको राष्ट्रपति निर्वाचनमा बाराक ओबामाले जोन म्याक्केनलाई पराजित गरेका थिए ।

Leave a Reply

Your email address will not be published.