बर्षातको कारण कोरीयाको लागि जब एप्लिकेसन फर्म भर्नेहरुलाई यस्तो सास्ती (फोटो फिचर)

काठमाडौँ,१० भदौ । कोरीयामा रोजगारीका लागी जान भाषा परिक्षा पास गरेका हरुको अन्तिम चरण अथवा जब एप्लीकेसन गत शुक्रबार बाट सुरु भएको छ । कार्यालय ग्र्वाकोमा हिजो फर्म भर्नेहरुको भिडभाड थुप्रो थियो । एकै ठाँउबाट फर्म भरिने भएकोले हिजो पानि परेको बेला पनि फर्म भर्न आतुर रहेकाहरु ठुलो पानिको कारण
अस्तव्यस्त अवस्थामा थिए । फर्मको अन्तिम म्याद भदौ पन्ध्र गते सम्मलाई खुलाइएको हो ।

कोरीयामा जानेहरुको संख्या बृद्धी भएपनि रेमिट्यान्स आप्रवाहमाल भने लगातार गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७२र७३ मा नेपालले प्राप्त गरेको कुल रेमिट्यान्समा कोरियाको योगदान १।६ प्रतिशत थियो। त्यस्तै आर्थिक वर्ष २०७३र७४ मा नेपालले प्राप्त गरेको कुल रेमिट्यान्समा कोरियाको योगदान १।५ प्रतिशत मात्र रहेको देखिन्छ। त्यस्तै, गत आर्थिक वर्ष २०७४र७५ सम्म आइपुग्दा रेमिट्यान्स आप्रवाह घट्ने क्रम रोकिएन। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ०।२ प्रतिशतले गिरावट आएको छ।

आर्थिक वर्ष २०७४र७५ मा नेपालमा करिब ७ खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको बैंकको तंथ्याकमा उल्लेख छ। गत वर्षको तुलनामा करिब ६० अर्ब बढी रेमिट्यान्स भित्रिएको हो। अघिल्लो आर्थिक वर्ष २०७३र०७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ भन्दा बढी राजश्व भित्रिएको थियो ।

विगत चार वर्षदेखि आउने रेमिट्यान्समा वार्षिक रुपमै गिरावट आइरहेको छ।

यो वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको थिए । तर कोटा भने कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका हुन। जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका थिए ।

कोरीयाले रोजगारका लागी नेपाल लगायात विभिन्न १५ ओटा मुलुकबाट कामदारहरुलैजाने गरेको छ । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए जसमध्ये ७९९६ लाई कोरीयाले रोगारकालागी लैजाने भएको हो ।

कोरियामा रोजगारका लागी जान भाषा परिक्षा पास गर्दैमा हुदैन यसको लागि अन्य विभिन्न प्रक्रिया पनि पूरा गर्नुपर्ने हुन्छ।त्यसैले यी प्रक्रिया मध्ये पर्ने स्वास्थ्य परिक्षण भदौ ४ गतेदेखि ११ गते सम्म तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published.