डुंगा दुर्घटनामा ५ जना अझै वेपत्ता

रौतहट,१० भदौ । रौतहटको लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना भएको भएको थियो । डुंगा दुर्घटनामा परेका २६ जना मध्ये २१ जनाको उद्धार भएको छ भने बाकि ५ जना अझै वेपत्ता रहेका छन ।

उनीहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । उद्धार गरिएका महेन्द्र सहनीका अनुसार डुंगामा २६ यात्रु सवार थिए । यस अघि ४० जना भन्दा वढी रहेको भनिए पनि अहिले २६ जना रहेको पुष्टि भएको छ ।

हराएका मध्ये डुंगा सहचालक गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रबंशी, सोही ठाउँका ४० वर्षीया इन्दु देबी, ५० वर्षीया सान्ति देबी, इस्नाथ नगरपालिका औरैयाकी ४० वर्षीया रूना देबी र १० वर्षीया बालिका उषमा कुमारी पटेल रहेका प्रहरीले जनाएको छ । बिहानै देखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजि कार्य जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published.