पोखरामा हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका

पोखरा, भदौ ९- कन्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यापछि देशैभर प्रदर्शन भए लगत्तै पोखरामा एक बालिका मृत फेला परेकी छिन ।  पोखरा १९ लामाचौरकी कक्षा छ मा अध्ययन गर्ने १४ वर्षीय पुष्पा केसी विहिबार देखि बेपत्ता थिइन् ।

बिहिबार साँझ स्कुलबाट फर्केपछि केसी परिवारको सम्पर्कमा आइनन् त्यस पछि उनको खोजीकार्य चलेको थियो । उनको खोजी गर्ने क्रममा पोखराकै फाफरतरोमा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । उनको शवलाई पोष्टमार्टमका लागि गण्डकी अस्पताल पोखरामा राखिएको छ ।

प्रतीकात्मक तस्वीर

Leave a Reply

Your email address will not be published.