काठमाडौं, भदौ ९ – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई कारवाहीको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा युवाहरुले विरोध गरेका छन् ।
#JusticeforNirmala को ह्यासट्याग प्रयोग गरेर फेसबुक र ट्विटर प्रयोगकर्ताहरुले शनिबार दिउँसो १२ बजे माइतीघर मण्डलामा बलात्कारको विरुद्ध आवाज उठाउन अपील गरेका थिए ।
यसका साथै साथै बलात्कार र निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर शिल्पी थियटरका कलाकारहरुले नाट्य कला प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।