बनगाड खोलामा अकस्मात बाढी आयो, गुडिरहेको गाडीबाट यात्रुले हाम फाले !

– दिपेन्द्र शर्मा
सुर्खेत, ८ भदौ / सल्यानको बनगाड खोलामा गाडीले खोला पार गर्दा गर्दै बाढी आएपछि यात्रुहरु हाम फालेर बच्न सफल भएका छन् ।

छिन्चु–जाजरकोट सडक खण्डको बनगाड खोलामा बिहिबार बेलुका ६ बजे तिर गाडीले खोला खोला तर्दै गर्दा अविरल वर्षाका कारण बाढी आएपछि गाडीमा रहेका यात्रुहरु हाम फालेर वाँच्न सफल भएका हुन् ।

जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको गाडी बनगाड खोला तर्दै गर्दा खोलाको माथी भागमा पानी पर्दा बाढि आएको थियो । सबै यात्रुहरु गाडी हाम फालेर भाग्न सफल भए भने उनिहरुको सरसमान भने खोलाले बगाएको छ । गाडि ढुङ्गामा अट्किए पछि खोलाले वगाउन सकेन । तत्कालै एस्काभेटरको सहायताले खोलामा फसेको गाडी निकालिएको थियो ।

सल्लीबजारको वनगाड खोलामा निमार्णाधीन पक्कीपुल यस अघि नै आएको वाढीले बगाई सकेको छ । लामा कन्ट्रक्सन नामको निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु–जाजरकोट सडक खण्डमा वनगाड खोलाका कारण दैनिक आवत–जावतमा समस्या बनाएको स्थानीय इन्द्रवहादुर बुढाथोकीले वताए । उक्त सडकखण्डमा दैनिक २ हजारको संख्यामा आवत जावत गर्ने सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुम–पश्चिमका नागरिकहरू मर्कामा पर्ने गरेको उनले बताए ।

खोला पार गर्दा गर्दै सयौं गाडीहरुको इन्जीनमा पानी पसेर इन्जीन सिज हुने गरेको छ । खोला बढे पछि यातायातका साधन गन्तव्यमा नपुग्दा सयौं यात्रुहरु दैनिक बाटोमै अलपत्र पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.