घुस्याहा पूर्वराष्ट्रपतिलाई २५ वर्ष जेल

काठमाडौं, ०८ भदौ । महाभियोग लगाएर सत्ताबाट निष्कासनमा परेकी दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई सिउलको उच्च अदालतले तल्लो अदालतले तोकेको २४ वर्षको कारावास सजायमा थप एक बर्ष जोडेर २५ बर्षको सजाय सुनाएको छ । उनीमाथि घुस लिएको र ब्यापारीहरूसँग गहिरो सम्बन्ध कायम गरी उनीहरूको हितमा काम गरेको अभियोग तल्लो अदालतमा प्रमाणित भएको थियो ।

जेल अबधि मात्र होइन जरिवाना रकम पनि उच्च अदालतले १६ मिलियन डलरबाट बढाएर १८ मिलियन डलर तोकेको छ । पुनराबेदन अदालतले बढी खोजतलास गरे पछि पूर्वराष्ट्रपति पार्क र उनकी लामो समय चिनजानकी मित्र चोइ सून-सिलले सामसुंग कम्पनीबाट समेत घुस लिएको पत्ता लागेको थियो ।

“अभियुक्तले आफ्नो राष्ट्रपतीय पद र शक्तिको दुरुपयोग गर्दै सम्पत्ति माथिको पदेन शक्ति र ब्यवस्थापनको मर्यादा तोडेको” पुनराबेदन अदालतको निर्णयमा भनिएको छ ।

“राजनीतिज्ञ र ब्यापारिकहरू बीच हुने अनैतिक गठबन्धनहरूले प्रजातन्त्रको मूल्य र बजार-अर्थतन्त्र मान्यतालाई धरापमा पार्छ जसले गर्दा जनताको बिश्वास यीं दुबै बाट टाढा हुन जान्छ” अदालतको निर्णयमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.