काठमाडौँ,०८ भदौ । नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट पत्रकार संस्था क्रान्तिकारी पत्रकार संगठन नेपाल फुटेको छ । तेस्रो राष्ट्रिय सम्मेलन भएपछि पनि ा केन्द्रीय पदाधिकारी चयन हुन नसकेको अवस्थामा संगठन फुटेको हो ।
नेकपाका प्रवक्ता खड्बहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेताहरुको साथ रहेको एक ७ सदस्सीय समुह संगठन फुटेको हो । उनीहरुले क्रान्तिकारी पत्रकार संगठन नेपाल फुटाउनु पूर्वनै डुम्रेको नेतृत्वमा पदाधिकारी समेत चयन गरिसकेको भएपनि संस्थापन पक्षले भने यसमा कुनै आधार नरहेको बताएका छन । खासगरी प्रकाश डुम्रे, हिम विष्ट, राजेन्द्र चिमौरिया, मानध्वजलामा, मोहनपन्त, सिर्जनातिम्सिना र आलोक लिम्बु लगायतले आफु नेतृत्व हत्याउन संगठन फुटाएको स्रोतले जनाएको छ ।
नगरकोटमा भएको बन्द सत्रपछि केन्द्रीय समितिको बैठक नबसेको र पदाधिकारी चयन गरिएको भन्ने हल्ला मात्रभएको भन्दै संस्थापन पक्षले बिहिबार एक विज्ञप्ति नै सार्वजनिक गरेकोे छ ।
“गत बैशाख १५ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य उद्घाटन गरी १६ र १७ गते नगरकोटमा बन्दशत्र गरिएको सर्वविदितै छ । सम्मेलनमा प्रहरीले गरेको हस्तक्षेपका कारण हामीले केन्द्रीय समितिको नाम मात्र पारित गरी बाँकी पदाधिकारी केन्द्रीय समितिको पहिलो बैठकबाट चयनगर्ने गरी बन्दशत्र सम्पन्न गरेकाथियौ ।”अगाडी भनिएको छ, “त्यसपछि आन्तरिक र बाह्य परिस्थितिको अप्ठारोका कारण अहिलेसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । यसैक्रममा केही मान्छेहरुले केन्द्रीय समितिको बैठक बसेर पदाधिकारीको चयन गरिएको भन्दै आफैले आफैलाई पदाधिकारी घोषणा गर्ने र समाचार लेखाउने तथा सामाजिक सञ्जालमा बधाई दिन लगाउने अत्यन्तै निचहर्कत गरिरहेका छन् । यी कुनै पनि हल्ला सत्य नभएको र यस्ता निराधार हल्लामाविश्वास नगर्न हामी सबैमा अनुरोध गर्दछौ ।”
संगठनले बन्दकोठाबाट कुत्षित मनसायले गरिने यस्ता हल्लाका पछि नलाग्न अनुरोध गर्दै अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर नगरकोट सम्मेलनको बाँकीप्रक्रियालाई पूरा गरी संगठनको नियमितकामकार्यमा अघि बढ्ने जानकारी दिएको छ ।
अहिले अध्यक्ष घोषणा गरिएका डुम्रे प्रकाण्ड खेमाका हुन् भने त्यो बाहेकका सदस्यहरु सस्थापन पक्ष वा विप्लव निकट हुन् । तर पछिल्लो पटक डुम्रेले विप्लवका दाइ बिरजंग र उमा भुजेलका श्रीमानलाई समेत हातमा लिएर प्रकाण्ड सहितको दबाबमा बिप्लवलाइ यस्तो निर्णय गर्न बाध्य पारिएको पनि हुन सक्ने एक सदस्यले बताएका छन् । उनले भने, “नत्रभने डुम्रेलाई अहिले नै उक्त संगठन अध्यक्ष बनाउन मिल्ने कुनै पनि आधार छैन ।”
डुम्रे २०६५ सालमा मात्र माओवादी आन्दोलनमा लागेका र ६६ सालदेखि मात्र पत्रकारितामा आएका व्यक्ति हुन् भने उनि बाहेक जनयुद्दको सुरुवातदेखि नै पार्टीमा लागेका र ५७र५८ देखि नै पत्रकारिता गरेका अरु दर्जनौ व्यक्तिहरु अहिले पनिउक्त संगठनमै छन् ।
सरकारले लागु गरेको मुलुकी ऐनप्रति आपत्ति यसै क्रममा यही भदौ १ गते सरकारले लागु गरेको मुलुकी ऐनले नेपाली प्रेस र आमजनताको अधिकारलाई पूरै कुण्ठित पारेको बताएको छ । संगठनले खासगरी धारा २९३ देखि धारा ३०७ सम्मका प्राबधानहरुले नेपाली प्रेसको घाँटी रेट्ने काम गरेको बताएको छ ।

