काठमाडौँ,०८ भदौ । सेयर बजारमा लगातार गिरावट आएको कारणयो साता पनि लगानीकर्ताहरुलाई घाटा परेको छ ।
यो साता अघिल्लो साताको भन्दा करिब १८ प्रतिशत कमकारोबार भएको छ । यो साता एक सय ८५ कम्पनीको ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ ।
गत साता १८५ कम्पनीको ४५ लाख २ हजार ४ सय ५० कित्ता सेयर खरिद बिक्रीबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै यो साता सेयर कारोबार र रकम दुबै घट्दा नेप्से परिसूचक १७ दशमलव ७९ अंकले ओरालो लागेको छ । साताको अन्त्यमा बजार परिसूचक ११७८।५० अंकमा आइपुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक साताको पहिलो दिनको तुलनामा ३।५४ अंकले घटेर २४८।९९ अंकमा आइपुगेको छ ।
सूचीकृत सेयर
