काठमाडौं, ०८ भदौ । पाकिस्तानले अमेरिकी विदेश मन्त्री माइक पम्पिओ र नयाँ पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिच गत हप्ता एक फोन बार्तामा भएको कुराहरू ‘तथ्यगत विसंगति’को रुपमा बाहिर आइरहेकोमा अमेरिकाको ध्यानाकर्षण गराएको छ ।
आउँदो सेप्टेम्बरमा हुने अमेरिकी विदेशमन्त्री माइक पम्पिओको पाकिस्तान यात्राको तयारीको सन्दर्भमा भएको फोन बार्तामा इमरान खानको सफलताको कामना गरिनुका साथै “पाकिस्तानसँग सबै किसिमका आतंकबादीहरू बिरुद्ध निर्णायक कारबाही गर्न” अमेरिकाले माग गरेको उल्लेख गर्दै रायटरले समाचार वितरण गरेको थियो । यहि बिषयमा पाकिस्तानी विदेश मन्त्रालयको “फोन बार्तामा शसस्त्र समुहहरूको बारेमा कुनै कुरै नउठेको” दावी रहेको छ ।
‘कुनै कुरै नउठेको बिषयलाई प्रचार गरिनुलाई पाकिस्तानले अपबादको रुपमा लिएको छ’ पाकिस्तानी विदेश मन्त्रालयका प्रबक्ता डा. मोहम्मद फैसलले ट्विट मार्फत आफ्नो असन्तुष्टि पोखेका छन् ।