दोस्रो वाइड बडी विमानको आजदेखि बैंकक उडान सुरु

काठमाडोँ,०८ भदौ । गत साउन १० गते काठमाडौँ अवतरण गरिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले आजदेखि थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गरेको छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र ९एओसी० गत साता पाएपछि मकालुले आज देखि बैंककबाट उडान शुरु गरेको हो ।

‘नाइन एन एएलजेट’ कलसाइनको सो विमान गत साउन १० गते काठमाडौँ अवतरण गरेको थियो । निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमान गत असार १४ गते आएको थियो ।

अन्नपूर्णले गत साउन १६ गते कतारको दोहाबाट व्यावसायिक उडान शुरु गरेको थियो । पहिलो उडान दोहा भए पनि भारतको नयाँदिल्ली मात्र उडेको अन्नपूर्णले बिहीबारदेखि बेङ्लोर उडान शुरु गरेको छ।

दोस्रो वाइड बडी विमान उडाउन स्वदेशी तथा विदेशी विमान चालक ९पाइलट० रहेको निगमले जनाएको छ । महाप्रबन्धक कंसाकारका अनुसार मकालु विमानका लागि तीन विदेशी र छ नेपाली चालक छन् । थप दश विमान खरिद गर्ने योजना बनाएको निगमको इतिहासमा एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलो पटक हो । निगमसँग अब पर्याप्त जहाज उपलब्ध छन् । त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य सफल बनाउन राष्ट्रिय ध्वजावाहक निगमको महत्वपूर्ण भूमिका हुने बताएका छन ।

दुवै विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो । दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा साङ्ग्रीला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

नयाँ बडी विमान थपिएसँगै निगमसँग १३ विमान रहेका छन् । निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी चालक करारमा नियुक्त गर्दै जाने नीति लिएको छ ।

Leave a Reply

Your email address will not be published.