हेल्थ क्याम्पसमा तालाबन्दी

नेपालगञ्ज,०८ भदौ । ‘नेपालगञ्ज हेल्थ क्याम्पस’ मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएकोले त्यस विषयमा वार्तामा नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० महेन्द्र बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष सिपी देवकोटालाई बोलाइएको थियो । उनि माथि आक्रमण भएको भन्दै त्यसको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका हुन ।

वार्तामा बोलाएर आक्रमण भएको भन्दै विद्यार्थी सङ्गठनले दोषीलाई कारवाहीको माग गरेका छन् । क्याम्पस सञ्चालक मैकुलाल बाल्मिकीले भने आफूले आक्रमण नगराएको बरु विद्यार्थीका दुई पक्षबीच झडप भएको प्रतिक्रिया दिए ।

नेविसङ्घ, अनेरास्वावियु, अखिल क्रान्तिकारी, अखिल छैँठौ, नयाँशक्ति विद्यार्थी युनियनलगायतका विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा दोषीलाई कारवाही गर्नुको साटो बाँके प्रशासन मौन बसेको आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published.