काठमाडौँ,०८ भदौ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास९बिमस्टेक० को चौंथो शिखर सम्मेलनका लागि पाहुना आमन्त्रण र उनीहरूको बसोबासको व्यवस्थाको काम पुरा भएको बताएका छन ।
१४ गते होटल सोल्टीमा प्रधानमन्त्री केपी ओलीले अध्यक्ष राष्ट्रको हैसियतले शिखर सम्मेलनको उद्घाटन गर्ने भएका छन ।
बिमस्टेक शिखर सम्मेलनमा आउनुभएका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई १४ गते विहान राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा आउनेमध्ये श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्बिनी भ्रमण समेत गर्ने भएका छन ।
शिखर सम्मेलनमा बिमस्टेकलाई प्रभावकारी बनाउने प्रतिवद्धतासहित काठमाडौं घोषणापत्र जारी गरिनेछ ।
भदौ १४ र १५ गते आयोजना हुने शिखर सम्मेलनमा सदस्य राष्ट्रका प्रमुखहरुबीच द्धिपक्षीय भेटवार्ता हुने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन ।