रासायनिक मल आवश्यकता भन्दा बढी

विराटनगर,८ भदौ– जिल्लामा रासायनिक मल पर्याप्त मात्रामा मौज्दात छ । वर्षे धानबालीका लागि रासायनिक मलको अभाव नभएको साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयले मोरङका अतिरिक्त सुनसरी, झापा, सप्तरी र सिराहामा रासायनिक मल वितरण गर्छ । वर्षे धानबालीका लागि मोरङमा ५० हजार ७१ बोरा युरिया खपत भएकामा अरु जिल्लामा ४० हजार ३ सय ६० वितरण भई नौ हजार ७३ बोरा मौज्दात रहेको भण्डारण शाखाका कर्मचारी दिलचन्द्र राईले जानकारी दिएका छन् ।
डिएपी मल २१ हजार ६० बोरा खपत भएको थियो । मोरङ बाहेक अन्य जिल्लामा डिएपी दुई हजार २ सय ६० बोरा वितरण गरिएको थियो भने अझै १८ हजार ३ सय ६९ बोरा मौज्दात रहेको राईले बताउनुभयो । गैरअनुदान रासायनिक मल अल्मुनियम सल्फेट मोरङमा एक हजार ३ सय ३२ बोरा खपत भई अरु जिल्लामा छ हजार २ सय ७० वितरण गरिएको थियो । हाल सो मल १० हजार ५ सय ५७ बोरा मौज्दात रहेको छ ।

Leave a Reply

Your email address will not be published.