जीपले ठक्कर दिदा मोटरसाइकलमा सवार पत्रकार बिष्ट गम्भीर घाइते

डोटी,०८ भदौ ।दिपायल राजपुरबाट से३प २१५७ नं। को मोटरसाइकलमा आउदै गरेका पत्रकार बिमल बिष्टलाई उग्रतारा यातायतको से१ज ५२१ नं। को जीपले ठक्कर दिदा गम्भिर घाइते भएका छन ।डोटीको सिलगढी नगरपालिका(४ दिपायलमा जीपले ठक्कर दिंदा पत्रकार बिष्ट सहित दुईजना घाइते भएका छन् ।

बिष्ट र उनीसँग मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका(४ का २७ वर्षीय नन्दन महरा गम्भीर घाइते भएका हुन ।

घटनापछि उपचारका लागि स्थानीय शैलेश्वरी अस्पतालमा ल्याइएका पत्रकार बिष्टको टाउकोमा गम्भीर चोट लागेकोले उनलाई शैलेश्वरी अस्पतालमा उपचार सम्भव नभएपछि दुवै जनालाई अस्पतालले धनगढी रिफर गरेको छ ।

प्रहरीले जीप र जीप चालक राजेन्द्र वोहरालाई नियन्त्रणमा लिएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.