काठमाडौं,०८ भदौ । गत शेक्रबार एकै दिन चार ओटा चलचित्र जय शम्भु ,मिष्टर भर्जिन, १२ मासे र ब्ल्याक प्रर्दशनमा आएका थिए । त्यस्तै यो शुक्रबारबाट ‘नाइँ नभन्नु ल ५’ र ुरेनीु प्रर्दशनमा आएका छन । विकास अचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ५’ सँग गिरिस रिजाल द्वारा निर्देशित फिल्म ‘रेनी’ प्रदर्शनमा आएका हुन्।
त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘रेनी’ आजबाट प्रदर्शनमा आएको छ। गिरिस रिजालको निर्देशन रहेको फिल्मलाई बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको हुन्।
सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल लगायतका कलाकारको अभिनय रहेको फिल्ममा अभिनेत्री सनम मल्लको कथारलेखन रहेको छ। फिल्ममा अभिनेत्री सनमको भने ुडेव्यूु अभिनेत्रीका रुपमा देखिएकी छिन्।
त्यस्तै ‘नाइँ नभन्नू ल ५’ पनि शुक्रबारबाटै देशैभरका हलहरुमा प्रदर्शनमा आएको छ। यसअघि सार्वजनिक फिल्मका गीतसंगीत र ट्रेलरबाट दर्शकमाझ प्रतिक्षित बनेको फिल्मले शुक्रबार मात्र १ सय २० वटा शो पाएको छ।
सामिप्यराज तिमिल्सिनको कथारलेखन तथा विकास आचार्यकै निर्माण रहेको फिल्ममा बाल कलाकार अनुभव रेग्मी, सेड्रिना शर्मा, निरुता सिंह, दीलिप रायमाझीका साथमा अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाललगायतका कलाकारहरुको अभिनय रहेको छ।