काठमाडौं,०८ भदौ। आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारीको लागी विदेशिनेको शंख्यामा कमी आएको छ । चालु आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा संस्थागत र व्यक्तिगत साढे ३३ हजार जना कामको खोजिमा विदेशिएका हुन ।
साउनमा व्यक्तिगत रुपमा १५ हजार २ सय ३९ र संस्थागत रुपमा १८ हजार ५ सय ५९ जना गरी ३३ हजार ७ सय ९८ जना श्रम स्वीकृति लिएर विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षका पहिलो महिनामै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा कमी आएको छ ।
विदेशिने कामदारहरूको संख्यामा केही कमी आएपनि अघिल्लो आर्थिक वर्षको तुलनामा भने चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा संस्थागत रुपमा जाने कामदारको संख्यामा भने करीव आधा कम भएको हो।
आर्थिक वर्ष २०७४र०७५ को पहिलो महिना साउनमा २८ हजार १ सय २१ जना कामदार संस्थागत रुपमा वैदेशिक रोजगारीमा गएका थिए। यो वर्षको साउनमा संंस्थागत १८ हजार ५ सय ५९ मात्र वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर गएका छन्।
गत असार महिनाको तुलनामा साउन महिनामा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या करिव ५ हजारले वद्धि भएको छ। असारमा संस्थागत रुपमा १४ हजार १ सय ९० जना कामको खोजीमा विभिन्न देश पुगेको विभागको तंथ्याकमा उल्लेख छ।
सबैभन्दा धेरै नेपाली कामदार जाने मलेसियामा आपूर्ति रोकिएपछि संख्यामा गिरावट आएको विभागको विभागको दावी छ ।।
वैदेशिक रोजगार जाने कामदारको संख्यामा कमि नआएको तरवैदेशिक रोजगारीबाट घर बिदामा आएका युवाले भिसा नै खारेज गरेर नेपालमै बसेका कारण विदेशिनेको संख्या घटेको विभाग प्रमुखले जनाएको छ ।