कंचनपुर ८ भदौ । कंचनपुरमामा गोली लागी घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ । घाइतेलाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अस्पतालमा पुगेका छन्।
घाइते अर्जुन भण्डारालाई भेट्दै शुक्रबार बिहान उनले घाइतेहरुको सरकारले निशुल्क उपचार गर्ने बताएका छन ।
१३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई जोगाउन खोजेको भन्दै महेन्द्रनगरमा बिहीबार भएको आन्दोलनमा गोली चलेको थियो। जसक्रममा ४ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर रहेका भण्डारालाई काठमाडौं ल्याइएको छ।
घटनाको विस्तृत अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव हरि प्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको र आजै महेन्द्रनगरमा आन्दोलनरत पक्षसँग वार्ता हुने तयारी भैरहेको छ ।