एसियाड भलिबलमा नेपाल आज दक्षिण कोरीया सँग भिड्दै

काठमाडौँ,०८ भदौ । एसियाड भलिबलमा आज नेपाल र दक्षिण कोरिया भिड्ने भएका छन ।
इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्ने भएका हो ।

नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । अर्को चरण प्रवेश गर्नका लागि आजको खेल नेपालले जित्नैपर्ने दबाब छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् ।

एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । भलिबल राष्ट्रिय खेलसमेत हो ।

नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज गिरी, राज शेरचन, धनबहादुर भट्ट क्षेत्री, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरवबहादुर बम र विशालबहादुर विक रहेका छन् । व्यवस्थापकमा भरतबहादुर शाह ,लेस्ली दि जोञ्जे व्यलनभ र प्रशिक्षकमा जगदीशप्रसाद भट्ट रहेका छन ।

Leave a Reply

Your email address will not be published.