नुहाउने क्रममा डुबेर मृत्यु

सप्तरी,०८ भदौ । सप्तरीको तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७५ वर्षीय इन्द्रमणि राई रहेका छन् । स्थानीय देवनारायण यादवको घरमा बस्दै आएका राईको बिहीबार पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.