काठमाण्डौमा स्कुटर दुर्घटना : एकको मृत्यु

काठमाडौँ,०८ भदौ । काठमाण्डौमा स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सवा ४ बजे काठमाडौंको भद्रकालीमा बा९१प ८१९ नम्बरको स्कुटर दुर्घटना हुदा स्कुटर चालकको मृत्यु भएको हो । बिहान आफै अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाएर स्कुटर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेमा काभ्रेपलाञ्चोक शिखर आमबोडे गाँउपालिका–८ का २६ वर्षीय सञ्जीव लामा छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । स्कुटरमा पछाडी सवार अन्दाजी २७ वर्षीय पुरुष गम्भिर घाईते भएका छन् । उनको राष्ट्रीय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.