काठमाडौं, ८ भदौ । आज शुक्रबारबाट दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा (सीबीटी) सुरु हुँदैछ । सीबीटी परीक्षाका लागि इपीएस कोरिया शाखाले ३ हजार ३ सय ४ जना परीक्षार्थीको नामावली सार्वजनिक गरेको छ ।
कम्प्युटरमा आधारित विशेष भाषा परीक्षा पास गरेपछि पुनः चार वर्ष १० महिना कोरियामा काम गर्न जाने अवसर प्राप्त हुने शाखाले जनाएको छ । यो परीक्षा कम्प्युटरबाट परीक्षा भएकाले करीब एक महिनासम्म चल्नेछ ।
वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको हो ।