आकाशले पूजालाई भन्दैछन्, ‘आए म तिम्रो छेउ’

काठमाडौँ, ८ भदौ । अभिनेत्री तथा निर्मात्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको फिल्म “राम काहानी” को दोस्रो गीत सार्वजनिक भएको छ । गत मंगलाबार फिल्ममा समावेश “अॉए म तिम्रो छेउ” बोलको गीत रिलिज भएको हो ।

यो गीतमा सुगम पोख्रेल र अन्जु पन्तको आवाज रहेको छ । त्यस्तै शब्द तथा संगीत पनि अर्जुन पोख्रेलकै रहेको छ । फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् । फिल्मको कथा सुदर्शन थापाको रहेको छ, भने निर्देशन पनि थापाको आफ्नै रहेको छ ।

फिल्ममा पूजा र आकाशका साथै केदार घिमिरे, जीतु नेपाल, विल्सन बिक्रम राई, रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, विशाल पहारी, सुनिता श्रेष्ठ, सोवित बस्नेत लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ । यो फिल्म भदौ २२ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published.