यसै वर्षभित्र सबै बालबालिकालाई विद्यालयभित्र ल्याइनले मन्त्री पोखरेल भनाई

महेन्द्रनगर, धनुषा, ८ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विद्यालय बाहिर रहेका बालबालिकाका लागि सङ्घीयता नआएको बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जयगोविन्द साह अध्ययन केन्द्रले आज जनकपुरमा आयोजना गरेको ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, “नेपालमा अझै पनि ६० हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर छन्, उनीहरुका लागि सङ्घीयता नआएको जस्तो देखिन्छ ।”

मन्त्री पोखरेलले दुई चरणमा भर्ना अभियान सञ्चालन गर्दासमेत त्यती ठूलो संख्यामा बालबालिका विद्यालय बाहिर रहेको उल्लेख गर्दै ती बालबालिकालाई यो वर्षभित्रै विद्यालयभित्र ल्याई सक्नुपर्ने बताए ।

दोस्रो चरणको भर्ना अभियान भदौ मसान्तसम्म सकाएर अर्को वर्ष हस्ताक्षर अभियान चलाई नेपाललाई पूर्ण साक्षर देश घोषण गर्ने योजना रहेको बताउँदै उनले संवैधानिक व्यवस्था अनुसार अनिवार्य शिक्षा लागू गर्न प्रत्येक पालिका (महानगर, नगर र गाउँपालिका) ले भर्ना अभियान चलाउनु पर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले २०८५ सालसम्म अनिवार्य शिक्षा हासिल गर्न नसक्नेले बैंकिङ कारोबार गर्न नपाउने बताउँदै विद्यार्थीलाई विद्यालय नपठाउने अभिभावकलाई समेत कारवाही गरिने धारणा व्यक्त गरे ।

सरकारले हरेक पालिकामा एक प्राविधिक विद्यालय खोल्ने गृहकार्यमा लागेको चर्चा गर्दै उहाँले प्राविधिक शिक्षा सस्तो र सरल हुनुपर्नेमा जोड दिए ।

ढल्केवर इलाका अस्पताललाई स्तरोन्नति गरिनेः स्वास्थ्य राज्यमन्त्री यादव

स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण राज्यमन्त्री डा सुरेन्द्र यादवले मिथिला नगरपालिका ढल्केवरस्थित इलाका स्वास्थ्य चौकीलाई यथाशीघ्र १५–२० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज ढल्केवरमा कार्यकर्ता भेटघाट तथा इलाका स्वास्थ्य चौकी निरीक्षणको क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राज्यमन्त्री यादवले काजमा भए पनि तत्कालै एउटा एमबीबीएस डाक्टरलाई यो अस्पतालमा उपलब्ध गराउने बताउँदै प्रदेशस्तरीय ट्रमा सेन्टरको अवधारणा लागू भइसकेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.