मंगलबार यतादेखि काठमाडौंका धेरै ठाउँमा जाम हुन लागेको छ । मंगलबार बेलुका अबेरसम्मै जाम भएको थियो । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमिस्टेक० को शिखर सम्मेलनको तयारीका क्रममा राजधानीमा सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । राति मात्र खाल्डाखुल्डी पुरिने गरिएको भए पनि सम्मेलनको तयारीका लागि पाहुना आउने दिन नजिकिंदै गर्दा दिउँसो पनि खाल्डाखुल्डी पुर्न थालिएको छ । त्यस्तै आज काठमाडौँको तिनकुनेमा पनि उस्तै हालत भएको छ । सडकमा उसै सवारी चाप बढी भएका बेला दिउँसै सडका खाल्डाखुल्डी पुर्ने काम भइरहेका कारण उपत्यकाका तीनै जिल्लामा लामो जाम परिरहेको छ । जामका कारण सर्वसाधारणले सास्ती ब्यहोर्नु परिरहेको छ ।
यसअघि सरकारको नजर नपुग्ने शहरभित्रका मुख्य सडकका खाल्डाखुल्डी पुर्ने तथा सडक छेउछाउका फोहोरका डंगुरलाई व्यवस्थित गर्ने काम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर हुँदै सोल्टी होटलसम्म पुग्ने सडकमा रंगरोगन गरिंदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै सडक चिल्ला हुन लागेका छन् । फोहोर व्यवस्थापन गर्न महानगरपालिका लागिपरेको छ भने सडकका खाल्डाखुल्डी पुर्न र छेउछाउमा रंगरोगन गर्न सडक विभागलाई जिम्मा दिइएको छ ।