अब दक्ष कामदार मात्रै विदेश पठाउने तयारी

काठमाडौँ,०७ भदौ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अब सरकारले सीपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाउन लागेको बताएका छन ।

बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप सिक्न सरकारले व्यवस्था मिलाउन लागेको बताए ।

सरकारले स्वदेशभित्रै रोजगारीको अवसर सृजना गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्दै वैदेशिक रोजगारलाई प्रवद्र्धन नगर्ने नीति लिएको र बाध्यकारी अवस्था रहँदासम्म वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन वैदेशिक रोजगार प्रवर्दन बोर्डलाई संशोधन गरी वैदेशिक रोजगार व्यवस्थापन बोर्ड स्थापना गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १ दशमलव ५ प्रतिशतमात्रै दक्ष नेपाली कामदार रहेका छन । त्यसैले नेपाली कामदारको सेवा, सुविधा वृद्धि गर्न सरकारले उनीहरुलाई अनिवार्य सीप सिक्ने व्यवस्था गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published.