कञ्चनपुर,०७ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा आज पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर ७ जना घाइते भएका छन् । घाइतेलाई महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
दिलिपसिंह विष्टलाई अभियुक्त बनाएर वास्तविक अपराधीलाई जोगाउन खोजेको आरोप आन्दोलनकारीको छ ।