फोन नउठाएको कारण चक्कु प्रहारबाट युवतीको मृत्यु, प्रेमी पक्राउ

लतिलपुर,०७ भदौ । ललितपुरको इमाडोलमा चक्कु हानेर एक युवतीको मृत्यु भएको छ।प्रारम्भिक अनुसन्धानमा झगडा भएपछि युवती आफैंले चक्कुले हानेर आत्महत्या गरेको जस्तो रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रे घर भएकी अञ्जना श्रेष्ठ रहेकी छिन् । पटक पटक फोन गर्दा पनि उनका प्रेमीले फोन नउठाएको र उल्टै उनको नम्बर मोबाइलको ‘ब्लाकलिष्ट’मा राखेको कारण बुधबार दिउँसो सवा २ बजे प्रेमी–प्रेमिकाबीचको विवाद भएको थियो । विवादपछि घटना घटेको कारण प्रहरीले उनका प्रेमी राजेन्द्र नकर्मीलाई पक्राउ गरेको छ।

विवादपछि प्रेमीकाले किचनको चक्कु निकालेर आफ्नै घाँटी तथा कोखामा हानेको युवकको भनाई छ। पछि उनलाई अस्पताल लैजादै गर्दा मृत्यु भएको बताएका छन ।

प्रहरीका अनुसार दुवै जना विवाहित ह्न। अञ्जनाले सुरुमा चरिकोट घर भएका युवकसँग बिहे गरेकी थिइन्। पछि सम्बन्ध बिग्रिएपछि काभ्रे घर भएका युवकसँग बिहे गरिन्। उनका श्रीमान विदेशमा छन्। एक साताअघि मात्र उनी बनेपाबाट मंगलबारमा डेरा सरेकी थिइन्। उनको एक छोरा समेत छ।

राजेन्द्रको घर बुंमती हो। भूकम्पमा घर भत्किएपछि उनी श्रीमतीसहित इमाडोलमा बस्दै आएका थिए। घटना भएको बेला उनको श्रीमती पनि डेरामै थिइन्।

घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.