काठमाडौँ,०७ भदौ । नेकपाका अध्यक्ष प्रचण्डले उद्योगी व्यवसायीलाई कर छल्ने भन्दा नाफा कमाउने काम गर्नू उचित हुने बताएका छन् । नाफा कमाउने व्यवसायीको अधिकार हो र यस्लाई ठगी भन्न मिल्दैन उनले भनेका छन ।
बिहीबार काठमाडौंमा भएको एभेन्ट्स एन्ड भेन्यू एशोसियन अफ नेपालको आठौं वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रचण्डले सरकारले नै व्यापारीलाई नाफा कमाउने वातावरण सरकारले बनाइदिनुपर्ने बताएका छन ।
पूर्वप्रधानमन्त्री प्रचण्डले उद्योग व्यवसाय गर्ने वातावरण बन्नेखालको ऐन नियम बनाउनुपर्नेमा जोड दिएका छन ।नेपालमा राज्यले उद्योग गर्नेलाई नाफाखोरको रुपमा भन्दा राष्ट्रसेवकको रुपमा हेर्नु पर्ने बताएका छन । देश समृद्ध हुन रोजगारी सिर्जना हुनुपर्ने र जसका लागि उद्योगको विकास हुनु पर्नेमा उनको जोड थियो ।
पूर्वप्रधानमन्त्री प्रचण्डले व्यवसायीको आग्रह अनुसार सामाजिक सुधार ऐनमा संशोधन गर्न तयार रहेको समेत जानकारी दिएका छन ।
उनले व्यवसायीलाई कसरी कर छल्ने भन्नेतिर नलाग्न आग्रह समेत गरेका छन । ।