अब एकल पुरुषलाई पनि भत्ता

बैतडी,०७ भदौ । बैतडीको मेलौली नगरपालिकाले  ६० वर्षमाथिका बृद्धहरुलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक एक हजारका दरले एकल बृद्ध भत्ता दिने भएको छ ।

६० वर्षमाथिका बृद्धहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट १५ लाख रुपैयाँ छुट्याइसकेको बताएका छन । अहिले नगरका ९ वटै वडाका विधुरहरुको तथ्यांक संकलनको काम सुरु भैरहेको र तथ्यांक सङ्ककलन हुनेबितिकै समाजिक सुरक्षा भत्ता वितरण गरिने भएको हो । सामाजिक सुरक्षा भत्ता वितरणकै क्रममा एकल पुरुषहरुको १५ लाख भत्ता पनि तोकेर दिइने जनाएको छ ।

एचआईभी संक्रमित, हेमटाइटिस, क्यान्सरजस्ता रोगका विरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गर्दै आएको मेलौली नगरपालिका एकल पुरुषलाई मासिक भत्ता दिने नेपालकै पहिलो नगरपालिका बनेको छ ।

Leave a Reply

Your email address will not be published.