अज्ञात व्यक्तिद्वारा अधिकृत सुवेदीमाथि छुरा प्रहार

रामेछाप ,७ भदौ– जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । गएराति आफ्नै निवासमा सुतिरहेका बेला उनी माथि छुरा प्रहार भएको हो ।

मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदी निवासमा राति ९ बजेतिर मुखमा मास्क लगाएर पसेका अज्ञात व्यक्तिले छुरा प्रहार गरेका थिए । परिवारका सदस्यहरु घरका अन्य कोठामा रहेको बेला सो घटना भएको हो ।

उनलाई तत्कालै उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याइएकोमा त्यहाँ प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको थियो । धुलिखेल अस्पतालमा राति नै उनको शल्यक्रिया भएको छ । अस्पतालले सुवेदीको आन्द्रा काटिएको जनाएको छ ।

ओछ्यानमा ढल्किएर फेसबुक चलाइरहेको बेला मुखमा माक्स लगाएर आएको व्यक्तिले छुरा रोपेको सुवेदीले बताएका छन् । माथिल्लो तलामा रहेका सुवेदीलाई छुरा प्रहार गर्ने व्यक्ति बरन्डाबाट हाम फालेर भागेको परिवारका सदस्यहरु बताएका छन् । छुरा घटनास्थलमा नै फेला परेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published.