ट्रकले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

रुपन्देही,०७ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ कफी कम्पनी चोकमा ट्रकको ठक्करबाट एकजना स्कुटर चालकको मृत्यु भएको छ। ना ५ ख ७०७७ नम्बरको ट्रकले लु ७ प ८७७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

ट्रकको ठक्कर बाट गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत भने भैसकेको छैन ।

Leave a Reply

Your email address will not be published.