काठमाडौं,०७ भदौ । आफ्नो केटी साथी अरुसँग बोलेको देख्दा रिसले चुर हुने मान्छेहरु पनि हुन्छन् तर काठमाण्डौको लाजिम्पाटमा एउटा यस्तो घटना घटेको छ कि भन्न पनि अपठ्यारो महशुस हुने । काठमाडौंको लाजिम्पाटमा आफ्नै आँखा अगाडि परपुरुषसँग यौनसम्पर्क गरिरहेकी श्रीमती यौन सम्पर्क गर्दागर्दौ रंगेहात पक्राउ परेकी छिन् ।
परपुरुषसँग यौन सम्पर्क गर्दै गरेको रङ्गे हात फेला पारेपछि श्रीमानले खुकुरी प्रहार गरेका थिए । श्रीमानको खुकुरी प्रहारबाट २४ वर्षीया श्रीमती गम्भीर घाइते भएकी छिन् ।
दिउँसै सम्पर्क गर्दै गरेको भेटेपछि श्रीमानले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने श्रीमानलाई दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा दर्ताको तयारी भइरहेको दरबारमार्ग प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।