नक्सालबाट मोटरसाइकलमा गोदावरी जंगल पुर्‍याएर १३ वर्षीया बालिकालाई बलात्कार !

काठमाडौं, ७ भदौ । ललितपुरको गोदावरीमा घुम्न गएकी एक बालीकामाथि बलात्कार प्रयास भएको छ । बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरेको हो  ।

उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पु९याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘घटना ‘कम्प्लिकेटेड’ छ । अहिले नै थप नबोलौँ । हामीले गम्भीर रूपमा लिएका छौँ । अनुसन्धान सुरु भइसकेको छ,’ काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्रसिंह धानुकले भने ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार बालिकाको मेडिकल जाँच गरिएको छ । बालिकाले मोटरसाइकलबाट गोदावरी लगेर बलात्कार गर्नेको नाम खुलाउन नसकेका कारण अनुसन्धान गर्न गाह्रो भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.