काठमाडौं,६ भदौ / मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले ताइवानसँगको सम्बन्ध बिच्छेद गरी जनबादी गणतन्त्र चीनसँग औपचारिक दौत्य सम्बन्ध कायम गरेको छ । साइ इंगवेन २ बर्ष अघि ताइवानको सत्तामा आए देखि यता एल साल्भाडोर ताइवानसँग सम्बन्ध बिच्छेद गर्ने पाँचौं देश हुन पुगेको छ । अब ताइवानसँग सम्बन्ध कायम राखिरहने १७ वटा मात्र देश बाँकी रहेका छन् ।
ताइवानी विदेश मन्त्रालयका अनुसार एल साल्भाडोरले लगातार आर्थिक सहयोगको अपेक्षा गरेको र त्यसको ताइवानले अस्विकार गरेको हुँदा सम्बन्ध धरापमा परेको र बिच्छेदको तहमा पुगेको हो ।
वर्तमान नेतृत्वको शासन अन्तर्गत ताइवानसंगको सम्बन्ध बिच्छेद गरी जनवादी गणतन्त्र चीनसंग दौत्य सम्बन्ध कायम गर्ने अन्य ४ देशहरुमा डोमिनिकन गणतन्त्र , बुर्किनाफासो , पानामा र साओ टोमे एण्ड प्रिन्सेप आइल्याण्ड हुन ।