अमेरिकी जासुसी संस्था सीआइएले आफ्नो हत्या गर्न खोजेको ‘दुतेर्ते’को आरोप

फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेले आफ्नो कुनै पनि बेला हत्या हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । आफ्ना फोनकलहरू सीआइएले’ ‘ट्यापिङ’ गरिरहेको भन्दै आफूले चलाइरहेको ‘स्मार्टफोन’ त्याग गर्ने निर्णयमा पुगेको दुतेर्तेको भनाइ छ ।

गत मंगलबार ‘सेबू सिटी’मा एक कार्यक्रममा बोल्दै दुतेर्तेले भने, ‘मलाई थाहा छ कि मेरो फोन कसैले सुनिरहेको छ, त्यो सीआइए नै हो जो मलाई मार्न खोज्दैछ ।’ आफ्नो देशको स्वतन्त्र परराष्ट्र नीति र अमेरिका बाहेक अन्य देशबाट हतियार प्राप्त गर्ने फिलिपिन्सको चाहना नै आफ्नो हत्याको मुख्य कारण हुनसक्ने दुतेर्तेको भनाइ थियो ।

गत शुक्रबार पनि दुतेर्तेले यस्तै बयानबाजी गरेका थिए । उनले भनेका थिए, ‘सीआइए म मरेको हेर्न इच्छुक छ ।’ फिलिपिन्सको मानवअधिकारको स्थितिलाई लिएर वासिंगटनले मनिलालाई आक्रामक हतियार नदिने निर्णय गरेपछि दुतेर्तेले रुस र चीनबाट हतियार आपूर्तिको आशा गरेका थिए । मस्को र मनिलाबीच गतवर्ष नै सैनिक सहयोग सम्बन्धि सहमति भएको थियो ।

रुस र फिलिपिन्सबीच भएको सैनिक सहयोग सम्बन्धि सहमति अनुरुप रुसले इस्लामिक विद्रोही र ड्रग डिलरहरू बिरुद्ध लड्न ५००० थान ‘कलास्निकोभ’ सित्तैमा उपलब्ध गराएको थियो भने अमेरिकी दवावका बाबजुद पनि मनिला मस्कोबाट गस्ती डुंगा, हेलिकप्टर, सशस्त्र वाहनहरू र ‘सबमरिन’ खरिद गर्न राजी भएको थियो । गत मंगलबार पनि एसिया प्यासिफिक सुरक्षा मामिला सम्बन्धि अमेरिकी सहायक रक्षा मन्त्री ‘¥याण्डल’ स्च्रिवर’ले रुसी हातहतियार प्राप्त गर्दा सोचीसम्झी विचार गर्नु भन्ने चेतावनीको वास्ता गरेका थिएनन् ।

स्च्रिवर ले उक्त भेट मा दुतेर्ते लाइ ” तिमि आफ्नो सामर्थ्य वृद्धि गर्न गैरहेका छैनौ , बरु रुस संग को सम्बन्ध मा लगानी गरि रहेका छौ ” भनेका थिए / यु एस ए र फिलिपिन्स को सम्बन्ध कहिल्यै पारस्पारिक संमान को आधार मा अगाडी नबढेको र वासिंगटन ले मनिला लाइ बराबरी को हैसियत नदिएको दुतेर्ते को भनाइ छ / उनको विचार मा अमेरिका ले उनको देश लाइ मर्मत गरेका पुराना हतियार मात्र आपूर्ति गरेको तर चिन र रुस ले भने कुनै पुर्ब सर्त बिना नयाँ ह

स्च्रिवरले उक्त भेटमा दुतेर्तेलाई ‘तिमि आफ्नो सामर्थ्य वृद्धि गर्न गइरहेका छैनौ, बरू रूससँगको सम्बन्धमा लगानी गरिरहेका छौ’, भनेका थिए । युएसए र फिलिपिन्सको सम्बन्ध कहिल्यै पारस्पारिक सम्मानको आधारमा अघाडी नबढेको र वासिंगटनले मनिलालाई बराबरीको हैसियत नदिएको दुतेर्तेको भनाइ छ । उनको विचारमा अमेरिकाले उनको देशलाई मर्मत गरेका पुराना हतियारमात्र आपूर्ति गरेको तर चीन र रूसले भने कुनै पूर्वशर्त बिना नयाँ हतियार दिन चाहेका छन् ।  

Leave a Reply

Your email address will not be published.