बिहे गरेको ३ वर्षसम्म श्रीमती घर बाहिरै

सप्तरी०६ भदौ। राजविराज नगरपालिकाकी कविताकुमारी साहलाई परिवारले स्वीकार नगर्दा समस्यामा परेकी छन् ।

राजविराज नगरपालिका ७ हटिया निवासी राजीव दासले २०७२ साल पुस २४ गते सप्तरी जिल्ला अदालतमा कविताकुमारी साहसँग कानुनी विवाह गरेका थिए ।

विवाह गरे पनि केही दिन कवितालाई बाहिरै राखेका थिए । कविताले घर लैजान आग्रह गरेपनि राजीवले मानेका थिएनन् । जिल्ला प्रहरी कार्यालयमा राजीव र उनकी आमा मन्जुले कवितालाई घरमा राख्ने प्रतिबद्वता जनाए पनि पछि घरबाटै निकालेका थिए ।

विभिन्न निकायमा उजुरी दिए पनि न्याय नपाएकी उनले पछिल्लो पटक राजविराज नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएकी दिएपछि मंगलबार बसेको इजलासपछि समितिले घरमा राख्न उनका पति राजीवलाई पत्र लेखेको थियो ।

मंगलबार साँझ राजीवको घर पुगे पनि राजीवकी आमा मञ्जु दासले कवितालाई स्वीकार गर्न नमानेपछि न्यायिक समितिको टोली घरमै पुगेको छ।

Leave a Reply

Your email address will not be published.