कञ्चनपुर,०६ भदौ । निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा स्थानीयको असन्तुष्टि बढेपछि प्रहरीले डिएनए परिक्षण गर्ने भएको छ। पक्राउ परेका अभियुक्त दिलीपसिंह बिष्टको डिएनए परिक्षण गर्न लागिएको हो।
सोमबार स्थानीय ४१ वर्षिय दिलीपसिंह बिष्टलाई निर्मला पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको थियो । स्थानीयले उनी बास्तविक अभियुक्त नभएको र वास्तवीक अपराधीलाई लुकाउन खोजेको भन्दै विरोध प्रदर्शन गरिरहेका छन ।आफन्त तथा स्थानीयले मानसिक सन्तुलन नभएका व्यक्तिलाई अभियुक्तका रुपमा पेश गरेर झुक्याउन खोजेको आरोप लगाएपछि प्रहरीले डिएनए परिक्षण गर्न लागेको हो
डिएनए परिक्षणमा उनले नै बलात्कार गरेको हो होइन भन्ने कुरा प्रष्ट हुनेछ। बाटोमा एक्लै किशोरीलाई देखेपछि बलात्कार गरेको र पक्राउ पर्ने डरले हत्या गरेको अभियुक्तले स्वीकारेको भएपनि प्रहरी अनुसन्धानमा स्थानीयहरु सन्तुष्ट नभएपछि डिएनए परिक्षण गरिने भएको छ ।