काठमाडौं,६ भदौ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ ।
सिन्धुपाल्चोकमा हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती, मेलम्ची नगरपालिका १२ स्थिति नम्डोललिङ एकीकृत बस्ती र भोटेकोशी गाउँपालिका ५ को त्याङथाली एकीकृत नमूना बस्ती योजनालाई स्वीकृत गरेको हो । हेलम्बुको एकीकृत बस्तीमा ४०, मेलम्चीमा ७० र भोटेकोशीमा १० घर रहने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
यस्तै बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका ८ मा २४ घरको माझी बस्ती गाइखुरा एकीकृत बस्ती र काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका १० तीनधारामा ३७ घरको होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले प्राधिकरण अन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरुको लागि कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।
जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९शिक्षा० का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन०का लागि इन्जिनियरसहित ३२५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० का लागि ७०४ छन् ।
बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्न योग्य घर जनिएका व्यक्तिहरुको सूची सो बमोजिम घर भएरनभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको प्राधिकरणले जनाएको छ । रासस