काठमाडौं,०६ भदौ । शेयर बजार परिसूचक नेप्सेमा यो साता लगातार गिरावट आएको छ । नेप्से परिसूचक बुधवार पनि १.४७ अंकले घटेर ११८२.४२ बिन्दुमा पुगेको छ ।
नेप्से परिसुचक ओरालोमा लागेपछि आज १६ करोड ९२ लाखको कारोबार भएको छ । बुधवार १ सय ५३ कम्पनीका ६ लाख ६३ हजार ३९० कित्ता शेयर किनबेच भएका छन् ।
आज बैंकिङ समूह ०.७४, होटल समूह ०.९९, विकास बैंक समूह ०.४६, निर्जिवन बिमा समूह ७.७९, अन्य समूह २.१३, माइक्रोफाइनान्स समूह ०.३८ र जीवन बिमा समूह ५६.६ अंकले गिरावट आएको छ ।
यस्तै जलविद्युत समूह ९.६१, वित्तिय समूह १.१९ र उत्पादनमुलक समुह २.२ अंकले बढेको छ । आज सबैभन्दा धेरै स्वाबलम्बन लघुवित्त वित्तिय संस्था कम्पनीले १ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच गरेको छ ।
गुर्खाज् फाईनान्स कम्पनीका लगानीकर्ताहरुले ३.८१ प्रतिशत फाईदा कमाएका छन् भने वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताहरुले ३.९२ प्रतिशतले गुमाएका छन् ।