धितोपत्र विनियमावली पारितभए सँगै ९ कम्पनीहरुको सेयर सुचिकृत
काठमाडौँ,०६ भदौ । ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ तथा ‘धितोपत्र कारोवार संचालन विनियमावली, २०७५’ विनियमावली पारित नहुँदा सूचीकृत हुन नसकेका करोडौं कित्ता सेयर विनियमावली पारित भए सँगै सूचीकृत हुन थालेका छन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार ९ कम्पनीहरुको सेयर सुचिकृत भएको छ ।
बुधबार एकै दिन सिद्दार्थ बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन बैंक, एनएमबि बैंक लगायतको कुल ४ करोड ४१ लाख भन्दा बढी कित्ता सेयर सूचीकरण भएको छ ।
त्यस्तै हिमालयन बैंकको १ करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । एनएमबि बैंकले पूँजी वृद्धिका लागि निस्काशन गरेको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ पनि सूचीकृत भएको छ ।
यसैगरी सिद्धार्थ बैंकको ९५ लाख ५६ हजार ५६४ कित्ता बोनस सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकको ३३ लाख ९७ हजार ५ सय कित्ता, कावली विकास बैंकको ९ लाख १२ हजार ९ सय १२ कित्ता, मिर्मिरे लघुवित्तको १ लाख ३८ हजार ६ सय कित्ता, सूर्योदय लघुवित्तको ७६ हजार कित्ता, हाम्रो विकास बैंकको ३ लाख ३४ हजार ८ सय ८८ र भार्गव विकास बैंकको २१ लाख १२ हजार २ सय कित्ता सेयर बुधबार सूचीकृत भएको छ ।
सूचीकरण हुन बाँकी रहेका अन्य कम्पनीहरुको पनि बिहीबारसम्म सूचीकरण हुने भएको छ ।