टोरन्टोमा ‘चाउ एन लाइ’ जयन्ती मनाइँदै

क्यानाडाको टोरन्टो शहरमा चाइनिज मूलका क्यानेडियनले गत शुक्रबारदेखि ६ दिनसम्म जनवादी गणतन्त्र चीनका पहिला प्रधानमन्त्री चाउ एन लाइको १२०औ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्  ।

यस अवसरमा ठूला सांगितिक कार्यक्रम, चाउ एन लाइ र चीनसम्बन्धी फोटो प्रदर्शनी र छलफल कार्यक्रमहरु हुने जनाइएको छ । क्यानाडासँग दौत्य सम्बन्ध कायम गर्न चाउले  निभाएको भूमिकाको स्मरणमा यो कार्यक्रम राखिएको एजेन्सीहरु बताउँछन् ।

कार्यक्रमा चाउका भाइ कि नातिनी झाउ रोङ आफ्नो बाबुले चाउको बारेमा लेखेको ‘माइ  सेभेन्थ ड्याड चाउ एन लाइ’ भन्ने किताब लिएर टोरन्टो पुगेकी छन् । असीको दशकमा क्यानाडामा अध्ययन गरी चीन फर्केकी झाउ रोङले यो कार्यक्रम आयोजना गर्न र सफल पार्न लागिपरेका सबै क्यानाडावासी  चाइनिजप्रति आभार प्रकट गर्दै ‘मुलुकबाहिर पहिलो पल्ट चाउ एन लाइको सम्झनामा गरिएको यो कार्यक्रमबाट आफू द्रवित भएको’ भनाइ राखेकी थिइन् ।

चीनमा जनवादी आन्दोलनलाई सफलताको बिन्दुसम्म पुर्याउन अन्य महत्वपूर्ण नेताको जस्तै चाउ एन लाइको भूमिका पनि अहम थियो । उनले जनवादी गणतन्त्र चीन स्थापना भएदेखि जनवरी १९७६ मा उनको मृत्यु हुँदासम्म त्यहाँका प्रधानमन्त्रीका रुपमा अविवादित रुपले प्रधानमन्त्रीको हैसियतमा देशको सेवा गरेका थिए । चाउले आफ्नो कार्यकालमा राष्ट्रिय अर्थतन्त्रको विकासको लागि अविरल प्रयत्न गरेका थिए । त्यसै गरी आफ्नो देशको विदेशनीतिलाई आकार दिन र पंचशीलको सिद्धान्त र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त प्रतिपादन गर्न र त्यसलाई अन्तर्राष्ट्रिय मंचमा स्थापित गर्न उनको ठूलो योगदान थियो ।

Leave a Reply

Your email address will not be published.