एउटा फ्यानको आग्रहमा करोडौँ सहयोग गर्ने यी सेलिब्रेटी

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको बलिउडकै एक मिलनसार अभिनेताको रुपमा मानिदै आएका छन् । अभिनेता सुशान्त सिंह राजपुतले आफ्नो एक फ्यानको आग्रहमा करोड रुपयाँको सहयोग गरेका छन ।

सामाजिक सञ्जालमा एकजना फ्यानले भारतको केरलाका बाढी पीडितलाई सहयोग गर्नका लागि सुशान्तसँग आग्रह गरेका थिए ।


ति फ्यानको आग्रहमा सुशान्तले एक करोड रुपैयाँ सहयोग स्वरुप प्रदान गरेका छन । उनले आफुलाई पीडितहरुलाई सहयोग गर्न प्रेरित गर्ने फ्यानसँग भएको कुरालाई सामाजिक सञ्जालमा सेयर गर्दै आफुले गरेको वाचा पुरा गरेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन ।

केरेलाको बाढी पीडितलाइ शाहरुखका ,अनुष्का शर्मा, सनी लियोन, ऋतिक रोशन, अक्षय कुमार लगायतका कलाकारले पनि सहयोग गरेका छन । बलिउडबाट यति धेरै रकम सहयोग स्वरुपदिने सुशान्त पहिलो अभिनेता हुन् ।

Leave a Reply

Your email address will not be published.